बाराको आदर्श कोतवाल गाउँपालिकाको ९औं गाउँ सभा सम्पन्न

२०७९ असार १० – रामप्रवेश यादब [ बारा ]

बाराको आदर्श कोतवाल गाउँपालिकाको ९औं गाउँ सभा सम्पन्न भएको छ।

नेपाली कांग्रेसका मधेस परदेशका उपसभापति चन्द्रशेखर यादवको प्रमुख आतिथ्य र गाउँपालिका अध्यक्ष जवाहर साहको अध्यक्षतामा भएको कार्यक्रमको संचालक गाउँपालिकाका प्रशाकिय अधिकृत सुनिल बिक्रम थापाको रहेको थियोे ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहले गरेको थियोे । सो अवसरमा गाउँपालिका अध्यक्ष जवाहर साहको आदेस अनुसार गाउँपालिकाको कर्मचारी हृदयराज यादवले आर्थिक बर्ष ०७९/०८०को नीति कार्यक्रम र बजेट सर्वाजनिक गरेको थियो ।

गाउँपालिकाले अगामी आर्थिक बर्षका लागि चालू तर्फ २९ करोड ४१ लाख ४३ हजार पुजिगत तर्फ १६ करोड ८५ लाख ५८ हजार गरि जम्मा ३९ करोड ७७ लाख १ हजार को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिरा देवी , वाडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु ,समाजसेवी शुरक्षाकर्मी,पत्रकार लगायत आमजन्ताहरुको उपस्थित रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close