महोत्तरीको जलेश्वर कारागारमा एक कैदीको मृत्यु
१० असाढ , २०७९ महोत्तरीको जलेश्वरमा रहेको कारागारमा शुक्रबार बिहान एक कैदीको मृत्यु भएको छ ।
महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव शुक्रबार बिहान करीब २ बजे एक्कासी बेहोस भएका थिए।
उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस