महानगरद्वारा यादवलाई श्रद्धाञ्जली, भोलि अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द

वीरगंज । सवारी दुर्घटनामा परि घाइते भएका वीरगंज महानगरपालिकाकाे वडा नं. २४ का वडा सदस्य ३७ बर्षिय कृष्ण कुमार यादव (सन्त) काे मंगलबार राति भएकाे निधनप्रति वीरगंज महानगरपालिकाले दुःख व्यक्त गर्दै यादवप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको जिपलाइनस्थित कान्तिलोकपथ सडक खण्डमा सवारी दुर्घटना परी घाइते भएका यादवकाे निधन भएकाे परिवारिक स्राेतले जनाएकाे छ । भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भर्ना रहेका यादवलाई मंगलबार राति थप उपचारकाे लागि काठमाडाैं लग्ने क्रममा बाटाे मै निधन भएकाे थियाे ।
यादव जनता समाजवादी पार्टी (जसपा) बाट स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित भएका थिए ।
साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै नगर सभाका सदस्य श्री यादवको असामयिक दुःखद निधनप्रति सम्मान व्यक्त गर्दै महानगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाहरु बाहेकका सम्पूर्ण सेवाहरु भोली (विहीबार) बन्द रहने सूचनामा उल्लेख गरिएको छ।