सर्लाहीमा धारिलो हतियार प्रहारबाट २४ बर्षीय युवकको हत्या
सर्लाही ७ असार।सर्लाहीमा एक युवकको धारिलो हतियार प्रहार गरी बीभत्स हत्या भएको छ ।
सर्लाहीको कबिलासी नगरपालिका ८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या भएको हो ।
आज बिहान हत्या भएको अवस्थामा उनको शव घरभन्दा केही पर सडक छेउको खेतमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले जानकारी दिए ।
शव भेटिएको ठाउँमा सडकमा र घटनास्थलमा पनि रगतका छिटा देखिएको छ । युवकको शव आज बिहान फेला परेपछ प्रहरीलाई स्थानीयले खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस