पावरहाउसदेखि प्रतिमा चोकसम्म एकतर्फी मात्रै पार्किंग गर्न पाइने

वीरगञ्ज, ३१ जेठ ।  अत्यन्तै व्यस्त रहने वीरगञ्जको पावरहाउसदेखि प्रतिमा चोकसम्मको सडकखण्डमा एकतर्फी पार्किंग गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, सामुदायिक प्रहरी सेवा केन्द्र र सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीको सयुँक्त सहकार्यमा एकतर्फी पार्किंग गरिने नियम बनाइएको हो ।

सोमवार जिल्ला ट्राफिक प्रहरी कार्यालय, सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्ली र सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीको टोलीले जथाभावी पार्किंग गर्दा सवारी जाम बढ्ने र दुर्घटनाको समेत जोखिम भएको हुँदा एकतर्फी पार्किंगका लागि एकतर्फी नोपार्किंगको बोर्ड लगाएको छ ।

आज यसअघि नै पार्किंग भइसकेको हुँदा सो क्षेत्रका पसलेहरुलाई पनि जानकारी गराइएको र भोलीदेखि एकतर्फी मात्रै पार्किंग हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुब दाहालले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय तथा अस्पताल र विद्यालय त्यसै क्षेत्रमा रहेको र ठूला सवारी आउजाउ गर्ने सडक पनि त्यही भएकाले सडकको दायाबाँया जथाभावि पार्किङ गर्दा दुर्घटना हुनुका साथै सडक जाम हुने समस्या बढी पार्किंगलाई व्यवस्थित बनाउने अभियानको थालनी गरिएको प्रहरी निरीक्षक दाहालको भनाई छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close