कुटपिटबाट पकहाँमैनपूर गाउँपालिकामा एकजना बृद्धको मृत्यु
वीरगंज -पर्साको पकहाँमैनपूर गाउँपालिका वडा नम्बर १ धोरेमा कुटपिटबाट एकजना ६५ बर्षीय बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पकहाँमैनपूर गाउँपालिका वडा नम्बर १ धोरेका ६५ बर्षीय दशई महारा चमार रहेका छन ।
प्रहरी चौकी धोरेका अनुसार पकहाँमैनपूर गाउँपालिका वडा नम्बर १ धोरे बस्ने बर्ष ६५ को महेश महारा चमार , उनका ५२ बर्षीय श्रीमती रम्भा देवी चमार , छोरी २५ बर्षीय मिना देवी चमार , १८ बर्षीय बबिता कुमारी र पर्साकै छिपहरमाई गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३२ बर्षीय ज्वाई अर्जुन रामको कुटाईबाट दशई महाराको मृत्यु भएको छ ।
अनैतिक समबन्धको बिषय लिएर मृतक दशई महारा चमार र महेश महारा चमार संग दुई पक्षीय बिबाद गत जेष्ट २९ राति भएको थियो । सो बिषय लिएर फेरी गएराती भनाभन हुदा दशई र महेशको घर बीच झडप हुदा दशईको मृत्यु भएको स्थानीय बताएका छन ।
कुटपिटमा समलग्न रहेका तिन जनालाई प्रहरीले पक्राउ समेत गरेको प्रहरी चौकी धोरेले जनाएको छ । पक्राउ पर्नेमा रम्भा देवी , मिना देवी , अर्जुन राम रहेका छन । उनीहरुलाई थप अनुसन्धानको लागी ईलाका प्रहरी कर्यालय पोखरीया राखिएको र फरार रहेका महेश महारा चमार र बबिता कुमारीको खोजी भईरहेको प्रहरी ले जनाएको छ ।