भारतीय एसएसबीको कुटपिटबाट १ जना घाइते, ज्यादतीविरुद्ध स्थानीयको प्रदर्शन, मटिअर्वा नाका तनावपुर्ण
वीरगञ्ज, २४ जेठ ।
घरायसी प्रयोजनका सामाग्री खरिद गरेर फर्किदै गरेको नेपाली नागरिकलाई भारतीय एसएसबीले निर्घात रुपमा कुटपिट गरेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० निवासी २३ वर्षीय सजिल मियाँलाई भारतीय एसएसबीले कुटपिट गरी गम्भिर घाइते बनाएको छ ।
भारतको आदापुर बजारबाट घरायसी प्रयोजनका सामाग्री खरिद गरेर घर फर्कीने क्रममा भारततर्फ खटिएका एसएसबीले चेक जाँच गर्ने बहानामा गाली गलौज गर्नुका साथै निर्घात कुटपटि गरेको पिडितको भनाई छ ।
मियाँ माथी कुटपिट भएपछि भारतीय एसएसबीको ज्यादतीविरुद्ध स्थानीयले प्रदर्शन गरेपछि केही बेर मटीअर्वा नाका तनावपुर्ण बनेको थियो । प्रदर्शनका क्रममा भारतीय प्रहरीको सवारी तोडफोड भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
भारतीय एसएसबीको कुटपिटबाट घाइते भएका मियाँको बाराको सदरमुकामस्थित कलैया अस्पतालमा उपचार भइरहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस