बारामा जग्गा नाप्ने विषयमा झडप, १ जनाको ज्यान गयो

वीरगञ्ज – जग्गाको विषयमा झडप हुँदा बारामा एक जनाको ज्यान गएको छ ।

जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ६ पटेर्वाका प्रभु प्रसाद कुशवाहाको कुटपिटबाट मृत्यु भएको हो ।

सोमबार दिउँसो जग्गा नाप्ने विषयमा भएको विवाद चर्कँदै गएपछि साँझ दुबै पक्षबीच झडप भएको थियो ।

झडपमा गम्भीर घाइते भएका प्रभुलाई उपचारका लागि वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा ल्याइएको भए पनि अधिक कुटाइका कारण उपचारकै क्रममा राती साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको भन्दै स्थानीय किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिए । ‘अहिले २ जना पक्राउ परेका छन्,’ उनले भने, ‘हामी घटनाको अनुसन्धान गरिरहेका छौँ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close