मेलामा नक्कली नोट साट्दै गरेका २ जना पर्सा प्रहरीद्वारा पक्रउ

बिरगंज १६ जेठ

जिल्ला प्रहरी कार्यालय पर्साले २ जनालाई नक्कली नोटको कारोबार गरेको अभियोगमा पक्राउ गरेको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ प्रसौनी मा लागेको दुर्गा भगवती मेलामा नक्कली नोटहरु साट्दै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले २ जनालाई पक्राउ गरेको हो ।

खोजतलाश गर्ने क्रममा मेलाबाटै नेपाली नक्कली नोट १ हजार दरका २० थानसहित २ जनालाई पक्राउ गरेको हो । बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी निवासी १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई ८ रामनगरीमा बस्दै आएका २० वर्षीय अजय सहनीलाई प्रहरीले पक्राउ गरेका हो ।

पक्राउ परेका दुवैजना विरुद्ध मुद्रा सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close