सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ मा कडेलको चौतर्फी चर्चा, युवालाई जिताउने स्थानीयको भनाई ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार हुन् दिपेन्द्र कडेल । मनवा बचत तथा ऋण सहकारी संस्था

सहकारी जगतमा पाइला टेकेका कडेल र सरकारी जागीर छोडेर गाउँमै फर्किए । बिगत केहि बर्ष देखि आफै हेरिेरहेको र उठाएका भुई मान्छेका समस्या तथा एजेण्डालाई समाधान गर्न चुनावी मैदानमा होमिएका छन् ।

सामान्य परिवारमा जन्मिएर अभाव र समस्याबाट गुज्रिदा गरेको संघर्षकै परिणामस्वरुप आज उनी सक्षम एवम् योग्य उम्मेदवारको रुपमा पार्टीले र वडाबासीले पत्याएका छन् ।

गाउँमा शिक्षित एवम् बिकासको भिजन नभएका जनप्रतिनीधिहरु हुँदा संघियताको आभाष जनताले गर्न नपाएको भान भएपछि कडेल वडाअध्यक्षको उम्मेदवारी दिने निधोमा पुगे ।

नेपाली कांग्रेस वडा कमिटीले पनि शिक्षित एवम् समाज बुझेका कडेल बाहेक कोही उत्तम उम्मेदवार हुन नसक्ने निक्र्यौल गरेपछि सम्भवतः नेपाली कांग्रेसबाट सबैभन्दा पहिला निर्विवाद रुपमा घोषणा हुने उम्मेदवार पनि कडेल नै होलान् ।

वडालाई समृद्ध बनाउन र वडाबासीले गरेको आशालाई सार्थकतामा बदल्न कुनै कसर बाँकी नराख्ने कडेलको प्रतिबद्धता छ ।

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close