नेकपा एकीकृत समाजबादी द्वारा उम्मेदवारहरुको भेला सम्पन्न भएको छ ।
नेकपा एकीकृत ( समाजबादी )का बिरगंज महानगर भित्रका विभिन्न वार्डका उम्मेदवारहरुको भेला सम्पन्न भएको छ ।
पार्टीको महानगर कमिटी द्वरा रोयल पार्टी प्यालेसमा आयोजित उम्मेदवारहरुको भेलाले बर्तमान गठबन्धन प्रती आपती जनाएको छ । बिरगंज महानगरमा केन्द्रिय निर्णय बमोजिम बनेको चार दलिय गठबन्धन मध्येका दुई दल जसपा र नेपाली कांग्रेस एक पक्षीय ढंगले अगाडि बढेको बताउदै बर्तमन गठबन्धन प्रती आपती जनएको हो ।
मेयर र उपमेयरका प्रत्यासीहरुले गठबन्धनमा सम्मेलित प्रत्येक दलका प्रत्येक वार्डका प्रत्यासीहरु संग समन्वय गर्नुको सटा आ- आफ्ना दलका प्रत्यासीहरु संग मात्रै समन्वय गरि रहेको हुनाले यो गठबन्धनको औचित्य नरहेको उम्मेदवारहरुको ठम्याइ रहेको थियो ।
विभिन्न वार्डका प्रत्यासिहरुले गठबन्धनका प्रमुख दलहरुले हाम्रो जनमतको अवहेलना गरि रहेकोले गठबन्धन दलका उम्मेदवारहरुलाइ मत हाल्न आफुहरु बाध्य नरहेको समेत बताएका थिए । भेलामा केही उम्मेदवारहरुले मन्तव्य राख्दै २०७४ सालको बिरगंज महानगरपालिकाको मत परिणाम अनुसार पहिलो र दोस्रो दल मिलिसकेको हुनाले अन्य कुनै दल वा थप जनमतको आवश्यकता नरहेको बुझाइ र घमण्ड जसपा र कांग्रेसमा पलाइ सकेको हुनाले आफ्नो जनमतको बैकल्पिक ब्यस्थापनमा लाग्न समेत नेताहरूलाई आग्रह गरेका थिए ।
बिरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरीको अध्यक्षता आयोजित भेलाले गठबन्धनको नाममा अपमान सहेर गठबन्धनको पछ्लगुवा नबन्ने समेत निर्णय गरेको छ । भेलामा पार्टीको पोलिटब्युरो सदस्य एवं बिरगंज महानगर इन्चार्ज चिरञ्जीवी आचार्य , जिल्ला अध्यक्ष बालगोपाल थापा , बिरगंज महानगरका उपाध्यक्ष मन्जुर आलम , सचिव बृजलाल पासवान , युवा संघ पर्साका इन्चार्ज अनिल पटेल लगाएतको उपस्थिति रहेको थियो ।