विद्युत् प्राधिकरण विवाद : हितेन्द्रदेव शाक्यकाे रिट दर्ता

१४, चैत २०८१

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यकाे रिट सर्वाेच्च अदालतमा दर्ता भएकाे छ ।

शाक्यले हिजाे बुझाउनुभएकाे रिट आज दर्ता भएकाे सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो । शाक्यले साढे ३ वर्ष पुरानाे मुद्दा टुङ्गाे लगाउन माग गर्दै रिट दिनुभएकाे हाे ।

यसअघि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सरकारकाले गैरकानूनी रूपमा हटाएको दाबी गर्दै बुझाउनुभएकाे रिट दर्ता भएकाे थियाे । घिसिङ र शाक्य दुवैको प्रारम्भिक सुनुवाइ भोलिका लागि तोकिएको छ ।

यसअघि २०७८ साल साउन २५ गते तत्कालीन सरकारले कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेर कुलमान घिसिङलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो । सरकारको त्यो निर्णयको विरुद्धमा शाक्यले सर्वोच्चमा रिट हाले पनि अहिलेसम्म सर्वोच्चले फैसला दिएको छैन ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close