काठमाण्डाैले लुम्बिनीलाई १ सय ४ रनकाे लक्ष्य दियाे

२६ मंसिर २०८१

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डाै गुर्खाजले लुम्बिनी लायन्सलाई १ सय ४ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे काठमाण्डाै १९ ओभर २ बलमा १ सय ३ रनमा अलआउट भयाे । काठमाण्डाैका भीम सार्कीले ३१ रन बनाए । लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए ।

लुम्बिनी ५ खेलमा २ अङ्कसहित तालिकाकाे पाँचाैं स्थानमा छ । काठमाण्डाै ३ खेलमा २ अङ्कसहित छैटाैं स्थानमा छ ।

एनपीएलमा आज भएकाे पहिलाे खेलमा सुदूरपश्चिम राेयल्सले जनकपुर बाेल्ट्सलाई ७२ रनले हराएकाे छ । याेसँगै जनकपुरकाे चार खेलकाे अपराजित यात्रा टुङ्गिएकाे छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close