रवि प्रकरणमा छलफलका लागि मानव अधिकार आयोगले आइजिपी कुँवरलाई बोलायो
पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि चितवन प्रहरीले अमानवीय व्यवहार गरेको भन्ने विषयमा राष्ट्रिय मानव अधिकार आयोगले छलफल सुरु गरिएको छ।
उनलाई चितवन प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै उनकी पत्नी निकिता पौडेलले उजुरी दिएकी थिइन्।
यहीँ विषयमा छलफल लागि मानव अधिकार आयोगले नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवरलाई बोलाएको थियो। अहिले छ्लफल भइरहेको आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए।
रविमाथि अमानवीय व्यवहार भएको उजुरीपछि आयोगले स्थलगत अनुगमन गरेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस