लुम्बिनीले विराटनगरलाई दियाे १ सय ९२ रनकाे लक्ष्य

१९ मंसिर  २०८१

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई १ सय ९२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो । लुम्बिनीका कप्तान रोहित पौडेलले ४६, टस मूर्सले ३० रन बनाए । लुम्बिनीले २९ अतिरिक्त रन पायो । विराटनगरका कप्तान सन्दीप लामिछाने, इस्माल आलम र राजेश पुलामीले १/१ विकेट लिए । लुम्बिनीका ४ जना खेलाडी रनआउट भए ।

विराटनगर यसअघिका दुई वटै खेलमा पराजित भएको छ भने लुम्बिनीको यो पहिलो खेल हो । यसअघि आज भएको पहिलो खेलमा काठमाण्डौ गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराएको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close