जय लक्ष्मीको १७ औ वार्षिक साधारण सभा सम्पन्न
२८ कार्तिक‚ अनुप यादव बिरगंज
वीरगन्ज महानगरपालिका वर्डा नं. ८ मा रहेको जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को १७ औ वार्षिक साधारण सभा
संचालक समितिका अध्यक्ष नग नारायण सिंहको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सहकारी बिकाश बोर्डका संचालक सदस्य शम्भु प्रसाद गुप्ता ले संस्थाले अझै उन्नति प्रगति गरोस् भन्ने हाम्रो चाहना रहेको बताउनु भयो । पर्सा जिल्लामा नै छुट्टै पहिचान स्थापना गरेको यस संस्थाको ब्यवस्थापन राम्रो रहेकोले यस्तो संकटकालिन अवस्थामा आजसम्म यो संस्था संचालनमा रहेको र संचालक समितिका पदाधिकारीहरुले लगानी गर्दा ध्यान दिएर लगाउनु पर्नेमा जोड दिनु भयो ।
त्यसैगरी बिशिष्ट अतिथि जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. पर्साका अध्यक्ष राजेश पंडितले जिल्लामा नै नमुना रुपमा कार्य गर्दै आएको यो सहकारीको कार्य हेर्न अरु सहकारीलाई समेत बताउने गरेको भन्दै अझ सशक्त रुपमा संचालन हुन सकोस भन्दै शुभकामना दिएका थिए ।
त्यस गरि शिवम सकोसका प्रबन्धक राजिन्दर प्रसाद ,सुनौलो सकोसका सुरेश मह्तो कोइरी,जय गणेश सकोसका प्रबन्धक रामबाबु चौधरी ,Narayani Infosys अध्यक्ष बिजय कुशवाहा,जिल्ला बचत तथा ऋण सहकारी संघ लि पर्सा लगायतको सहभागिता रहेको थियो
।
भने स्वागत मन्तव्य सचीव बिश्वास प्रसार गुप्ता धन्यवाद मन्तव्य संस्थाका व्यवस्थापक विवेक सिंहले गरेका थिए ।
कार्यक्रम सहजिकरण संस्थाको लेखापाल संजय कुमार मिश्राले गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस