विजनेस सहयात्रीको १७ औ वार्षिक साधारण सभा सम्पन्न

१० कार्तिक‚ वीरगन्ज

पर्सागढि नगरपालिका वर्डा नं. ४ मा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्था लि.को १७ औ वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष गोमा कुमारी उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पर्सा क्षेत्र नं २ क का मधेश प्रदेशसभा सदस्य मा. श्याम प्रसाद पटेलले संस्थाले अझै उन्नति प्रगति गरोस् भन्ने हाम्रो चाहना रहेको बताउनु भयो । पर्सा जिल्लामा नै छुट्टै पहिचान स्थापना गरेको यस संस्थाको ब्यवस्थापन राम्रो रहेकोले यस्तो संकटकालिन अवस्थामा आजसम्म यो संस्था संचालनमा रहेको र संचालक समितिका पदाधिकारीहरुले लगानी गर्दा ध्यान दिएर लगाउनु पर्नेमा जोड दिनु भयो । स्थानीय स्तरमा सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । साथै संस्थाको निर्माणाधिन भवन बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्राय जसो सहकारी संचालकहरु अहिले सर्वसाधारणको पैसा लिएर भागिरहेका छन । त्यस मुख्य कारण नै राम्रो ठाउँमा लगानी नगर्नु ब्यवस्थापन समिति राम्रो नरहनु हो त्यसैले संस्था खोल्नु ठुलो कुरा होइन त्यसलाई चलाउनु ठुलो कुरा रहेको र सहयात्री सफल रहेकोमा बधाई समेत दिनु भयो ।

त्यसैगरी बिशिष्ट अतिथि जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. पर्साका अध्यक्ष राजेश पंडितले जिल्लामा नै नमुना रुपमा कार्य गर्दै आएको यो सहकारीको कार्य हेर्न अरु सहकारीलाई समेत बताउने गरेको भन्दै अझ सशक्त रुपमा संचालन हुन सकोस भन्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष शेष खुर्सेद‚ पुर्व वडा अध्यक्ष बेदमन दास थारु, समसुदिन साह देवान , विन्दवासिनी कोइलाभार साझेदारी बन उपभोक्ता समितिका अध्यक्ष महम्मद रिजवानुलहक,  प्रदेश सभा सदस्यको स्वकिय सचिव सरिफ मियाँ लगायतको सहभागिता रहेको थियो भने स्वागत मन्तव्य सल्लाहकार चेत कुमारी तिमिल्सिना र धन्यवाद मन्तव्य संस्थाका व्यवस्थापक विरेन्द्र राज कँडेलले गरेका थिए । कार्यक्रम सहजिकरण  संस्थाको सचिव शिवनाथ यादबले गरेका थिए ।

कार्यक्रममा वार्षिक प्रतिवेदन र प्रस्तावित कार्यक्रम संस्थाका अध्यक्ष गोमा कुमारी उप्रेतीले, आर्थिक प्रतिवेदन र प्रस्तावित बजेट संस्थाका कोषाध्यक्ष प्रतिमा मानन्धरले, लेखा समितिको प्रतिवेदन संस्थाका लेखासमिति संयोजक वेदमन दास थारु र ऋण लगानी तथा अनुगमन उपसिमितिको प्रतिवेदन संस्थाका ऋण लगानी तथा अनुगमन उपसमितिको संयोजक महम्मद जिकुरुल्लाहले प्रस्तुत गरेका थिए । पछिल्लो आर्थिक वर्षमा संस्थाले  ५ करोड ६३ लाख ३२ हजार १ सय ६१  रुपैया पैसा ५८ को कारोवार गरेको प्रतिवेदन पेश गरिएको संस्थाका लेखा प्रमुख संजय परियारले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close