राष्ट्रिय वाणिज्य बैङ्कको किसान सरल कर्जा प्रोडक्ट सुरु

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले किसान सरल कर्जा प्रोडक्टको सुरुवात गरेको छ। कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैंयासम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत बैंकले किसान सरल कर्जा प्रोडक्टको सुरुवात गरेको हो। दश लाख रकमभित्र एक लाख रुपैयाँ बराबरको किसान क्रेडिट कार्ड समेत लिन सकिने बैंकले जनाएको छ।

कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका नेपाली नागरिक वा कानूनी रुपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले कर्जाको लागि आवेदन दिन सक्नेछन्। बैंकले कृषि कर्जा निर्देशिका, २०६९ संशोधन सहित अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुबै प्रकृतिको हुने जनाएको छ।

यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ। आधार दरमा ०।५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने उल्लेख गर्दै बैंकले यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ।

ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने जानकारी दिँदै बैंकले आवश्यकता अनुसार घररजग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सक्ने बताएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close