नारायणगढबाट काठमाण्डौको सडकमा भोलिसम्म गाडी चलाउन रोक

जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा गाडी चलाउन पूर्ण रुपमा रोक लगाएको छ । कार्यालयले सूचना निकालेर लगातारको वर्षा नरोकिएको र बाढी पहिरोको जोखिम बढेको कारण चितवन हुँदै काठमाण्डौ जाने राजमार्गमा गाडी चलाउन रोक लगाएको जानकारी गराएको हो ।
सूचनामा हिजो चितवनबाट काठमाण्डौतर्फ हिँडेका गाडीहरु भोलिसम्म आँपटारीमै रोकिनुपर्ने पनि उल्लेख छ । वर्षा र जोखिमको अवस्था हेरेर भोलि बिहान ५ बजे पछि अर्को निर्णय लिने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
नारायणगढ–मुग्लिन सडकको २६ किलोमा सडक भासिएको र मुग्लिन कटेपछि पृथ्वीराजमार्गमा पहिरो गएका कारण बिहानैदेखि सडक अवरूद्ध छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस