दिन दुखीको सहारा बन्दै समग्र जनउत्थान केन्द्र

दिन दुखीको सहारा बन्दै समग्र जनउत्थान केन्द्र
पछिल्लो केहि बर्ष केहि बर्ष देखि संचालनमा रहेको बालिका शिक्षा सशक्तिकरण सिरहाको भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिकाका विद्यालय शिक्षा भन्दा बाहिर रहेका ४६ जना किशोरीलाई तीन महिने सीपमूलक तालिम पछि व्यवसाय विकासका लागि विभिन्न सामग्री सहयोग गरेको छ।

बालिका शिक्षा तथा सशक्तिकरण कार्यक्रमअन्तर्गत ‘केयर नेपाल’को आर्थिक सहयोग तथा समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा लहान स्थित आयोजित एक बृहत कार्यक्रममा भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले कार्यक्रमको प्रमुख अतिथि हुँदै १३ लाख ५० हजार बराबरका विभिन्न सामग्री किशोरीहरुलाई हस्तान्तरण गरेको हो। प्रमुख अतिथि यादवका अनुसार प्रयासमा हरेक चिज सम्भ छ।

अग्रसर हुन प्रयास र मेहनतमा लगनसिल हुनु जरुरी रहेको भन्दै सफलताको सुभ कामना दिएका थिए।
गरिबी तथा आर्थिक चपेटामाको मार्मा परेका सिरहाका स्थानीय तह भगवानपुर गाउँ पालिका र सखुवानान्कारकट्टी गाउँपालिकामा विभिन्न कारणले विद्यालय जानबाट बञ्चित रहेका किशोरीलाई आत्मनिर्भर तथा सशक्तीकरणका लागि तीन महिने सिलाई कटाई,दालमोट,भुजिया,ब्युटीपार्लर,कृषि, लुगाधुने सरफ र लाह चुरा बनाउने सम्बन्धी तालिम दिइएको समग्र जनउत्थान केन्द्र लहानका उपाध्यक्ष अनिता चौधरीले जनाए।

सीपमुलक तालिमपछि स्वरोजगार बनाउन व्यवसाय विकासका लागि बिउ पुजी अन्तर्गत ब्यवसाय प्रबर्द्धनका लागी उद्यमशील सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक हरि नारायण सहनी बताए।

हस्तान्तरण गर्ने सामग्रीमा सिलाई कटाई मेसिन,ग्यास चुलो, भाँडाकुँडा,मैदा,सरफ बनाउने कच्चा पदार्थलगायत रहेका सहयोग गरेको सामग्रीलाई प्रयोगमा ल्याएन भने भएन आत्मनिर्भर हुन नसक्ने प्रबन्धक गोपाल चौधरीले जनाए।
उक्त सम्बन्धमा संस्थाले समय समयमा अनुगमन समेत गर्ने समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोले बताए।

केयर नेपालको एकुकेशन एसोसिएट बबिता चौधरीको रोहबरमा सामाग्री हस्तान्तरण गरेको समाजिक परिचालिक सरस्वती चौधरी जनाए।समग्र जनउत्थान केन्द्रलहानले पछिल्लो केहि बर्ष देखि दिन दुखीको सहारा बन्दै गएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close