अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीकाे भेट

११, असोज २०८१
संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन न्युर्योक पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुभएको छ ।
महासभामा भाग लिन आएका पाहुनाका लागि राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा ओलीले उहाँसँग भेट गर्नुभयो । ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि स्वागत समारोहमा सहभागी हुनुहुन्थ्यो ।
ओलीले गएराति महासभालाई सम्बोधन गर्दै शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको थियो । त्यसअघि उहाँले विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखसँग भेटवार्ता गर्नुभएको थियो । साथै प्रधानमन्त्री ओलीसँग हिजो चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भेट गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल गएको असोज ४ गते शुक्रवार न्युर्योक प्रस्थान गरेको थियो । नेपाली टोली आउँदो १४ गते स्वदेश फर्कने तालिका छ ।