नक्कली नोट बनाउने कागज र केमिकलसहित आठ जना पक्राउ

वीरगञ्ज – नक्कली नोट बनाउने कागज र केमिकलसहित नक्कली नोट बनाउने गिरोहका सात जनालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दुई जना भारतीय र पाँच जना नेपाली नागरिक छन्। केही व्यक्तिको समूह सर्लाही, गोडैता नगरपालिका–१२ मधुवनी गाउँस्थित सिँचाइका लागि गाडिएको बोरीङको खाली घरको कोठाभित्र नक्कली नोट बनाउने कार्य गरिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले छापमारीको क्रममा कोठाबाट नक्कली नोट बनाउने कागज र केमिकलसहित सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा काठमाडाँै चन्द्रागिरी नगरपालिका– १५ का सौगात थापा मगर, वडा नम्बर ६ का बिजय लामा,सर्लाहीको गौडैता नगरपालिका–१२ का जनार्धन सिँह, रौतहट चन्द्रपुर नगरपालिकाका–६ का विशाल राई, ललितपुर महानगर कुपनडोलका संजय राना मगर,भक्तपुर चाँगुनारायण नगरपालिका–५ को अमिर खत्री, भारत जिल्ला सितामढी थाना बैरगनिया ग्राम पंचायत पंटकी बस्ने पप्पु भन्ने राजिव ठाकुर र भारतकै मेयरगन्ज थाना मेयरगन्ज पंचायतका सुबोध कुमार छन्।

नक्कली नोट बनाउने स्थानबाट प्रहरीले एक हजारको नोट साईजको कालो रङको पेपर १४ थान, कालो, गुलाबी रातो, पहेँलो रँगको केमिकलहरु, नगद ८५ हजार ९५, दस वटा मोबाईल,दुई वटा भारतीय नम्बरको मोटरसाईकल र एउटा नेपाली नम्बरको स्कारपियो गाडी पनि नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रबक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।पक्राउ परेका आठैजनालाई अदालतबाठ दस दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको उनले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close