काठमाण्डाै महानगरले न्युराेडमा फुटपाथ विस्तार

उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलिदिएसँगै काठमाण्डौ महानगरपालिकाले आजदेखि न्युरोडको सडक भत्काउन थालेको छ ।

महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालयको हस्तक्षेपका कारण रोकिएको थियो । उच्च अदालत पाटनले अस्ति आइतवार अन्तरिम आदेश दिएपछि महानगरले फेरि फुटपाथ विस्तारकाे काम शुरु गरेकाे हाे ।

केही महिनाअघि महानगरले न्युरोडमा सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रक्रिया अगाडि बढाएको थियो । कालोपत्रसमेत काटेर काम शुरु गरिसकेको अवस्थामा सडक डिभिजन काठमाण्डौले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै विस्तारमा रोक लगाएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close