झापाको एक ग्यारेजमा आगलागी हुँदा ९ लाखको क्षति
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ नयाँ बसपार्कस्थित पदम बडी निर्माण ग्यारेजमा आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको छ।
बिर्तामोड नगरपालिका वडा नम्बर ३ बस्ने कमल कालिकोटेले सञ्चालन गर्दै आइरहेको ग्यारेजमा आइतबार बिहान करिब साढे सातबजेतिर आगलागी भएको हो।
विद्युत सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
आगलागी हुँदा ग्यारेजभित्र रहेको गाडीको पाटपुर्जा, ग्यारेजको टहरो पुर्णरूपमा जली नष्ट भएको छ।
आगो स्थानीय, प्रहरी र दमकलको सहयोगमा ८ बजेतिर पूर्णरूपमा नियन्त्रणमा आएको थियो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस