श्री बिन्दबासीनी १० औँ वार्षिक साधारण सभा बाटिका होटलमा सम्पन्न

वीरगंज – अनुप यादब

वीरगञ्ज महानगरपालिका वडा नंं २५ ड्राईपोर्टस्थितको बिन्दबासीनी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । संस्थाको १० औँ वार्षिक साधारण सभा बाटिका होटलमा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष मनु पटेलको सभापतित्वमा भएको कार्याक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले पानसमा बत्ती बालेर उद्धघाटन गर्नुभएको हो ।

कार्याक्रममा बोल्दै वनमन्त्री कुर्मीले सहकारीलाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले गरिब जनताको जीवनस्तर उकास्न सहकारीको भुमिका अहम हुने बताउनुहुँदै सहकारीलाई सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्याक्रममा विशिष्ट अतिथिहरु जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.पर्साका अध्यक्ष राजेश पण्डित, जिपि फाउडेशनका मधेश प्रदेश अध्यक्ष तथा नेपाली काग्रेंस क्षेत्रिय सभापति महम्मद सहाबुद्दिनको उपस्थिती थियो ।

यसैगरि अतिथिहरुमा भगवती साकोस प्ररिाम निवास देहाती,चेतना साकोसका अध्यक्ष जंग बहादुर पटेल,बचत संघका प्रबन्धक राम अनुप यादब ,नेफस्कुन फिल्ड कार्यालय वीरगञ्जका प्रबन्धक गौतम कुमार साह, लालीगुराँस साकोसका प्रबन्धक श्रीकान्त पटेल लगायतको सहभागिता थियो ।

कार्याक्रममा संस्थाका अध्यक्षले ३ करोडको आयव्यय प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तव्य संस्थाका प्रबन्धक बिटु पटेलले गरेका कार्याक्रमको सञ्चालन प्रदिप कुमार साहले गर्नुभएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close