सुनौलोको १३ औ वार्षिक साधारण सभा सम्पन्न

वीरगन्ज – अनुप यादब

वीरगंज महानगरपालिका घंटाघर मा रहेको सुनौलो बचत तथा ऋण सहकारी संस्था लि। को १३ औ वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष सुरेश प्रसाद कोइरीको अध्यक्षतामा सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको संचालकसदस्य तथा लालि गुरास  साकोस को अध्यक्ष हरेराम प्रसाद पटेलले उद्घाटन गर्नु भएका थिए ।

सुनिल कर्णले संस्थाले अझै उन्नति प्रगति गरोस् भन्ने हाम्रो चाहना रहेको छ बताउनु भयो । संस्थाको ब्यवस्थापन राम्रो रहेकोले यस्तो संकटकालिन अवस्थामा आजसम्म यो संस्था संचालनमा रहेको र संचालक समितिका पदाधिकारीहरुले लगानी गर्दा ध्यान दिएर लगाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रमका अतिथि शाम्भु गुप्ता प्राय जसो सहकारी संचालकहरु अहिले सर्वसाधारणको पैसा लिएर भागिरहेका छन । त्यस मुख्य कारण नै राम्रो ठाउँमा लगानी नगर्नु ब्यवस्थापन समिति राम्रो नरहनु हो त्यसैले संस्था खोल्नु ठुलो कुरा होइन त्यसलाई चलाउनु ठुलो कुरा रहेको र सुनौलो  सफल रहेकोमा बधाई समेत दिनु भयो ।

बचत तथा ऋण सहकारी संस्थाका छाता संगठन जिल्ला बचत तथा ऋण सहकारी संघका लेखासमिति संयोज राजेन्द्र जयसवालले जिल्लामा नै नमुना रुपमा कार्य गर्दै आएको यो सहकारीको कार्य हेर्न अरु सहकारीलाई समेत बताउने गरेको भन्दै अझ सशक्त रुपमा संचालन हुन सकोस भन्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा भगवती साकोसका रामनिवास यादब , चेतना साकोसका अध्यक्ष जंगबहादुर पटेल,चुरिया माई साकोसका अध्यक्ष बिजय गुप्ता,नेफ्स्कुन फिल्ड कार्यालय वीरगंजका शाखा प्रबन्धक गौतम शाह,राष्ट्रिय सहकारी बैकका प्रबन्धक संजय महतो, जिल्ला बचत तथा ऋण सहकारी संघका प्रबन्धक राम अनुप यादब लगायतका सहभागिता रहेको थियो भने कार्यक्रम सहजिकरण  संस्थाको प्रबन्धक रामजनाम चौधरीले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close