दशैँ–तिहारलाई लक्षित गर्दै महानगरले धरहराकाे ‘अन्डरग्राउन्ड’ पार्किङ खुला गर्‍याे, शुल्क नलाग्ने

दशैँ, तिहार लगायतका ठूला चाडपर्वलाई लक्षित गरेर काठमाण्डौ महानगरपालिकाले धरहराको ‘अन्डरग्राउन्ड’ (भूमिगत) पार्किङ खुला गरेको छ । न्युरोड, असन, सुन्धारा, भोटेबहाल लगायतका क्षेत्रमा किनमेलमा जानेहरूले पार्किङ नभएर दुःख पाएको गुनासो गरेपछि महानगरले धरहराको भूमिगत पार्किङ निःशुल्क रूपमा खुला गरेको हो ।

महानगरको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार धरहराको भूमिगत क्षेत्रको ५० हजार स्क्वायर फिटको क्षेत्रमा पार्किङ खुला गराइएको हो । अहिलेलाई अस्थायी रूपमा पार्किङ खुलाएको र निर्माण सम्पन्न भएपछि थप निर्णय हुने उहाँको भनाइ छ ।

४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको भूमिगतका तीन तला पार्किङका लागि बनाइएको छ । अहिलेको अवस्थामा चार सय वटा गाडी र सात सय वटा मोटर साइकल अट्ने अनुमान छ । महानगरले अस्थायी रूपमा खुला गराएको धरहराको पार्किङका लागि उत्तर–पूर्वको ढोकाबाट प्रवेश गरेर आफ्नो गाडी पार्किङ गर्न सकिने पाण्डेले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close