प्रतिनिधिसभा बैठक भाेलि दिउँसाे ३ बजेसम्मका लागि स्थगित
असार २४, २०८०
काठमाण्डाै – प्रतिनिधिसभा बैठक भाेलि साेमवार दिउँसाे ३ बजेसम्मका लागि स्थगित भएकाे छ । सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरेर विशेष कारणवश भाेलिसम्मलाई बैठक स्थगित भएको जानकारी दिएकाे हाे ।
यसअघि आज (आइतवार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा सङ्घीय संसद्को अवरोध खुलाउन शीर्ष नेताहरूबीच सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्थ्यो ।
प्रधानमन्त्री प्रचण्डले गएकाे असार १८ गते एक पुस्तक विमाेचन कार्यक्रममा दिएकाे अभिव्यक्तिलाई लिएर एमालेले संसदमा अवराेध गर्दै आएकाे थियाे । त्यस विषयमा प्रधानमन्त्रीले प्रष्टीकरण दिने बताएपछि अवरोध खुलाउन एमाले सहमत भएको थियो ।
यसअघि प्रधानमन्त्रीको आग्रहमा सभामुख देवराज घिमिरेले आज आइतवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसाे ३ बजेका लागि सार्नुभएको थियो ।