वीरगंजमा फेरी दिनदहाडै चोरी हुनथाल्यो:चोरले सजिलै लग्यो महत्वपूर्ण कागजात

पर्सा – पर्सा जिल्लाको शुरक्षा संयन्त्रको केन्द्र रहेको सदरमुकाम वीरगंजमा अहिले फेरी दिनदहाडै चोरीको हुनथालेको छ । झन्डै केहि महिना अगाडी वीरगंजको बिभिन्न स्थानबाट मोटरसाईकल , हेल्मेट , साईकल चोरी संगै कति ठाउँको पसलमा र घरमा चोरीको घटना भएको थियो र जिल्ला प्रहरी कार्यालय पर्साले आफ्ना ईकाईलाई गाली गालीमा परिचालित गरी चोरीको घटनालाई नियन्त्रण गरको थियो । तर फेरी शुरक्षा गस्तीमा फितलो भए संगै चोरीको घटना बढ्न थालेको स्थानियको बुझाई छ ।
सोमबार वीरगंजको रानीघाटमा रहेको मासु पसल अगाडी आफ्ना मोटरसाईकल अड्याएर सामान किन्न जानुभएको राष्ट्रजनवाज अनलाईन समाचार पोर्टलका अध्यक्ष अनुप यादवको उक्त मोटरसाईकलबाट महत्वपूर्ण कागजात र बर्षाती चोरी भएको जानकारी दिनुभएको छ ।

उहाले आफु एकै छिनमा सामान किनेर आएको र हेर्दा मोटरसाईकलको लेगार्डमा झुण्डीयाएको झोला नरहेको र त्यहा मासु पसले संग रहेको सिसि क्यामरामा हेर्दा एकजना व्यक्ति निर्धक संग आएको र चोरेर लागेको देखिएको बताउनुभयो । उहाले चोर्ने मान्छेमा कानुनको कुनै डर त्रास नदेखिएको र उनले सहजै चोरेर लागेको सिसिटिभी फुटोजबाट पुष्टि भएको समेत बताउनुभयो ।
उहाले बढ्दो सुरक्षा व्यवस्थाको फितलोपनले गर्दा वीरगंजको भित्रि ठाउँमा समेत सहजै चोरी भईरहेको दावी गर्नुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close