नेपालमा भएका सबै एटीआर विमानको जाँच गर्दा त्रुटि भेटिएन : प्राधिकरण

वीरगंज २०७९ माघ – २

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उड्ने सबै एटीआर जहाजको प्राविधिक जाँच गर्दा कुनै त्रुटि नरहेको जनाएको छ ।

प्राधिकरणले आज साेमवार विज्ञप्ति निकालेर पोखरामा हिजो आइतवार भएको यति एअरलाइन्सको विमान दुर्घटनालगत्तै नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ जहाजको विस्तृत प्राविधिक परीक्षण गरेको र परीक्षणका क्रममा कुनै पनि त्रुटि नभेटिएको जानकारी गराएको हो ।

नेपालका सबै वायु सेवा कम्पनीबाट नियमित उडान योग्यताका लागि चाहिने दैनिक परीक्षण, उडानअघि गरिने परीक्षण, निश्चित अन्तरालमा गरिने परीक्षणजस्ता कामहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्ड तथा सिफारिस र वायु यान निर्माता कम्पनीको मापदण्डअनुसार हुने गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

यति एअरलाइन्सकाे विभान दुर्घटनालगत्तै हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सबै जहाजको परीक्षण गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close