भन्सार छलेर भारततर्फ लैजाँदै गरेको चार बोरा नेपाली ढाकाको झोला बरामद
भन्सार छलेर भारततर्फ लैजाँदै गरेको अवस्थामा झापाको मेचीनगर नगरपालिका–५ काली मन्दिर छेउबाट प्रहरीले चार बोरा नेपाली ढाकाको झोला बरामद गरेको छ ।
मेचीनगर ५ का ३० वर्षीय बाबुल राजवंशीले अवैध ढंगले सामान भारततर्फ लैजाँदै गरेको अवस्थामा हिजो राति प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको झोला र पोते पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस