भृकुटीमण्डपमा लागेको आगो झन्डै साढे दुई घण्टामा निभाइयो
भृकुटीमण्डपमा लागेको आगो झन्डै साढे दुई घण्टामा निभाइएको छ ।
काठमाण्डौ, भक्तपुर र ललितपुर लगायतका विभिन्न ठाउँका दमकल, पानी ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी परिसर, काठमाण्डौका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगो लागेको हो । आगलागीबाट गोदाममा रहेका सामान जलेर नष्ट भएका छन् । आगलागी भएको ठाउँमा गएर महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि अवलोकन गर्नु भएको छ ।
आगलागीबाट मानवीय क्षति भएकाे छैन । अरु क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।
आफ्नो प्रतिक्रिया दिनुहोस