भ्याली स्टेटको नमुना पत्रकार सम्मेलन तथा राष्ट्रिय पर्यटन सम्मेलन सम्पन्न ।

जेठ २३, चितवन ।

भरतपुर-१०, चितवन स्थित भ्याली स्टेट कलेजले बिबिए आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुका लागि ४ दिने मिडिया तथा पब्लिक रिलेशन सम्बन्धि कार्यशालाको आयोजना गरेको थियो।

पत्रकार सम्मेलनको आयोजना कसरी गर्ने, प्रेस बिज्ञप्ति कसरी लेख्ने, राष्ट्रिय स्तरका सेमिनार, सम्मेलन कसरी संचालन अनि आयोजना गर्ने बिषयमा सैद्धान्तिक एवम् ब्यबहारिक ज्ञान प्रदान गरिएको थियो।

विद्यार्थीहरुले आफुले नै विभिन्न पात्रको भुमिका निर्वाह गर्दै नमुना पत्रकार सम्मेलन र राष्ट्रिय पर्यटन सम्मेलनको आयोजना गरेका थिए।

वास्तविक कार्यक्रमको झल्को दिने प्रकृतिको कार्यक्रम विद्यार्थीहरुले प्रस्तुत गरेका थिए। कलेजका प्रिन्सिपल बाबुराम खनालको संयोजनमा आयोजित सो कार्यक्रम संचारकर्मी मनोज पन्तले सहजीकरण गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close