रौतहटमा मतपेटिका लुटियो

रौतहटको यमुनामाई गाउँपालिकाअन्तर्गतको १  मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ।यमुनामाई गाउँपालिका-२ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो।

रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले यमुनामाई–२ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको प्रारम्भिक जानकारी आएको बताए। मतदान सकिएपछि सिलबन्दी गर्ने  क्रममा मतपेटिका लुटिएको प्रजिअ शाहीले जानकारी दिए।

‘मतपेटिका लुटिएको भन्ने प्रारम्भिक जानकारी आएको छ,’ प्रजिअ शाहीले भने, ‘अहिले थप सुरक्षाकर्मी पठाएका छौं।’

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close