चुनाव प्रचारमा हिडेका जेष्ठ नागरिकको मृत्यु

सिरहा, १७ वैशाख।

यहिवैशाख ३० गते हुनगाईरहेको चुनावीप्रचारमाकाक्रममा सिरहामा एक जेष्ठ नागरिकको मृत्यु भएको छ।

नवराजपुर गाउँपालिकाअन्तर्गतजनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिडिरहेका सोहीपालिका वार्ड नम्वर १ का अन्दाजी ६५ वर्षिय बद्रीमोचीको मृत्यु भएको हो।

चुनावप्रचार–प्रसारकै क्रममा लडेर वेहोस भएकाउनको उपचारको लागिनजीकको स्वास्थ्य संस्थामापुर्याइएपनिउनको मृत्यु भईसकेको प्रहरीले जनाएको छ।

मृत्युको कारणबारे आवश्यक अनुसन्धानभईरहेको जिल्लाप्रहरी कार्यालय सिरहाका सूचनाअधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए। शवपोष्टमार्टमको लागिलहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close