पर्साको १४ वटै पालिकामा २ हजार ६ सय ७० जनाले उम्मेदवारी दर्ता

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्साका १४ पालिकामा नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदमा २ हजार ६ सय ७० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन कार्यालय पर्साले दिएको तथ्याङ्क अनुसार प्रदेशको एक महानगरपालिका वीरगन्ज महानगरपालिका, पोखरीया, बहदुरमाई, पर्सा गढी नगरपालिकामा नगर प्रमुख पदमा ५६ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने उपप्रमुख पदमा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी पर्साका १० गाउँपालिकामा १ सय ४५ जनाले अध्यक्ष पदमा र ७८ जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

यसैगरी महानगर, नगर र गाउँपालिकाका वडाध्यक्ष पदमा ६ सय ७६ जना, महिला सदस्य पदमा ३ सय ७१ जना, दलित महिला सदस्य पदमा ३ सय ९० जना र सदस्य पदमा ९ सय ६२ जना गरी पर्सामा २ हजार ६ सय ७० जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close