जतन मण्डलको अध्यक्षतामा महोत्तरीमा जिल्ला हरवाचरवा अधिकार मञ्च गठन

२०७८ चैत्र २९ गते,

बर्दिबास महोत्तरी हरवाचरवा मुक्तिको घोषणा गरौ, न्यायपुर्ण श्रम सम्बन्ध कायम गरौ भन्ने मुल नाराका साथ महोत्तरी जिल्लाको बर्दिबासमा हरवाचरवा अधिकार मञ्चको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।

भेलाको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी मधेस प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का पोलीटब्यु््रो सदस्य माननीय रबिन्द्र बैठाले युगौदेखि दाशप्रथाको अबशेषको रुपमा रहेको हरवाचरवा प्रथाको समुल रुपमा अन्त्य गर्न संघर्ष आवश्यक रहेको र त्यसका लागि जुझारु ढंगबाट अधिकारवालाको संगठन परिचालन गनुर््पर्ने कुरामा जिकीर गर्नुभयो । साथै उहाँले आफुपनि हरवाचरवा पृष्ठभूमीबाट यहाँसम्म आईपुगेको कुरा स्मरण गर्दै आगमाी निति तथा कार्यक्रममा हरवाचरवाका सवालहरु सम्बोधन गराउन प्रदेशसभामा जोडदार ढंगले कुरा उठाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रमका बिशीष्ट अतिथी राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष संघीय सरकार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्धारा हालै गठित हरवाचरवा, मुक्त हलिया तथा कमैया समस्या सामाधान अध्ययन समितिका बरिष्ठ सदस्य गणेश बिश्वकर्माले राज्यको संरचनात्मक रुपान्तरण मार्फत मुलुकले संघीयता र समावेशी बिकास अवलम्बन गरिसकेको सन्दर्भमा अझैपनि दाशप्रथाको अबशेषहरु बाँकी रहनु दुखदायी कुरा भएकाले यसलाई समुल रुपमा उन्मुलन गर्न राज्य नै मुख्य जिम्मेवार रहनुपर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले हरवाचरवा सवाललाई समाजको साझा ऐजण्डा बनाई त्यसको सामाधानका लागि राजनितिक दलहरुले पहल कदमी लिनुपर्ने कुरा औल्याउनु भयो ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दर्शन मण्डलले हरवाचरवाको प्रमुख माग अनुचित क्रण खारेजी सहित मुक्तिको घोषणा र न्यायिक पुनस्र्थापना भएकोले त्यसलाई सरकारले समयमै सम्बोधन नगरे मधेस प्रदेशका ८ वटा जिल्लाबाट आन्दोलनको आधीबेरी श्रृजना गर्दै काठमाण्डौमा सिंहद्वार घेराउ हुने चेतावनी समेत दिनुभयो । सो भेलामा द फ्रिडम फण्डका कार्यक्रम ब्यवस्थापक केभीन ग्रोम, नेपाल कार्यक्रम सल्लाहकार जियाम श्रेष्ठ, कानुनी सल्लाहकार बालाराम भट्टराई लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो । भेलाले जतन मण्डलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च महोत्तरी गठन गरेको छ ।

मञ्चको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा श्यामसुन्दर मण्डल, ममता बिश्वकर्मा, तेतरीदेबी यादब र गितादेबी मण्डल रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा सामा सदा, दुलारी सदा, उर्मिला सदा, सुस्मा परियार, सबिना परियार, अरुन दाश, सुमित्रा कापड, लोथी खातुन, बेचन दाश र रन्जुदेबी मण्डल रहनु भएको छ । जतन मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला हरवाचरवा एक्टिभीष्ट बिशेश्वर साफीले सहभागिहरुलाई स्वागत गर्नुभएको थियो भने राष्ट्रिय दलित नेटवर्कका टीम लिडर हुकुम सार्कीले कार्यक्रमको औचित्यत्ताबारे प्रकाश पारेका थिए । कार्यक्रमको सञ्भालन राष्ट्रिय दलित नेटवर्कका जनवकालत अधिकृत सञ्जय कुमार महराले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close