आफ्नै श्रीमतीको नक्कली फेसबुक आईडी बनाएर अश्लील कुरा लेख्दा…

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ।

जसमा एक जना आफ्नै श्रीमतीको चरित्र हत्या गर्ने पुरुष छन्। उनी हुन् रुपन्देही सैनामैना नगरपालिका ४ मुर्गियाका ३६ वर्षीय जीवन दमाई।

उनकी श्रीमती वैदेशिक रोजगारीको सिलसिलामा ओमानमा छिन्। ओमानमा रहेकी श्रीमतीको फेक फेसबुक एकान्ट खोलेर फोटो दुरुपयोग गरी अश्लील क्याप्सन राखेर चरित्र ह्त्या गरेको अभियोगमा साइबर ब्यूरोले पक्राउ गरेको हो। उनले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूर गरेकाले जिल्ला अदालत काठमाडौंको अनुमतिले पक्राउ गरी अदालतबाट असार २४ गते चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए।

नाबालिकाको चरित्र हत्या गर्ने पक्राउ

त्यसैगरी ब्यूरोले चार जना नाबालिकाको तस्बिर प्रयोग गरेर फेक फेसबुक एकान्ट बनाउने र अश्लील शब्द लेख्ने सिन्धुली घ्याङलेख ३ घर भई कीर्तिपुर ६ टौदह बस्ने ३१ वर्षीय विकाश भन्ने राजेश विकलाई नियन्त्रणमा लिएको छ।

उनले फेक एकाउन्ट बनाएर नाबालिकाको आफन्त तथा साथीभाईलाई अश्लील शब्द पठाउने र सार्वजनिक रुपमा चरित्र हत्या गरेको भन्दै ब्यूरोले विद्युतीय कारोबार ऐनअन्तर्गत जिल्ला अदालत काठमाडौंबाट  पाँच दिन म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको एसएसपी अर्यालले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close