भोलिदेखि सरकारी कार्यालय र बिदा समय पुरानै कायम हुने
वीरगन्ज,३१ जेठ । भोलिदेखि सरकारी कार्यालय र बिदा समय पुरानै कायम हुने भएको छ ।गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार असार १ गते अर्थात भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो ।कार्यान्वयन गर्न जटिल भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ ।सरकारी कार्यालय भोलिदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको छ ।यस्तै शुक्रवार बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने विज्ञप्तिमा भनिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस