आगोलागिपछि अवरुद्ध नारायणगढ मुग्लिन सडक पूर्ण रुपमा सञ्चालनमा

चितवन,१३ जेठ । ग्यास बुलेटमा आगलागी हुँदा अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ ।आज दिउँसो १२ः५० बजे भरतपुर महानगरपालिका २९ मा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बरको युपि १७ एटी ६८२७ नम्बरको बुलेटमा आगो लागेको थियो । आगलागी पछि बन्द भएको सडक दिउँसो २ बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।भारतको उडिसास्थित पैरवी ग्यास कम्पनिबाट धादिङको श्रीराम ग्यास उद्योगको लागि ग्यास बोकेर जाँदै गरेको बुलेटमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close