जिएचपी माविको गुण्डागर्दी, शुल्कबारे बुझ्न जाँदा अभिभावकसँग दुव्र्यवहार

वीरगञ्ज, ८ भदौ । पटकपटक विवादमा मुछिदै आएको वीरगञ्जको जिएचपी माद्यामिक विद्यालय पुनः विवादीत बनेको छ । परीक्षा शूल्कको लागि विद्यार्थी र अभिभावकलाई दबाब दिएको अभिभावकले गुनासो गरेसँगै विद्यालय विवादमा तानिएको हो ।

वीरगञ्ज महानगरपालिकाले शूल्कका लागि विद्यार्थीलाई दबाब नदिएर परीक्षामा सहभागी बनाउने सूचना जारी गरेपनि त्यसको अटेर गरेर शूल्क नबुझाएका विद्यार्थीलाई घाममै उभ्याएर राखेको विद्यार्थीहरुले गुनासो गरेका छन् । जिएचपी माविमै कक्षा ६ मा अध्ययनरत एक छात्रले भने एडमिट कार्ड नभएर हामीलाई परीक्षा दिनबाट बञ्चित गरियो घाममै उभ्याएर बाहिरै राखियो ।

विद्यार्थीले आफ्ना अभिभावकसँग गुनासो गरेपछि ति छात्रकी आमाले अभिभावक संघर्ष समिति पर्साका अध्यक्षसँग टेलीफोन सम्पर्क गरेर दुखेसो पोखेकी छिन् । उनले भनेकी छिन्, “मेरा ३ जना छोराछोरी त्यही स्कुलमा पढ्छन् । सँधै समयमा दिन सकिदैन, तर नतिरेर हामी कतै भाग्ने पनि त हैनौँ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close