१९ किलाे सुनसहित त्रिभुवन विमानस्थलबाट सुडानी नागरिक पक्राउ

किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना सुडानी नागरिक पक्राउ परेका छन्  ।

फ्लाई दुबईको उडानबाट नेपाल आएका सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिनलाई आज शुक्रवार १९ किलो सुनसहित पक्राउ गरिएको विमानस्थलका प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक श्याम ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।

ती सुडानी नागरिककाे लगेज जाँच गर्ने क्रममा भन्सार कार्यालयले शङ्कास्पद वस्तु देखेपछि जाँच गरेको थियो । जाँच गर्दा सुन भन्ने पक्का भएको ज्ञवालीले जानकारी दिनुभयो । उनलाई भन्सार कार्यालयले नै आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close