प्रदीप गिरिमा पद र सत्ताकाे लाेभ थिएन : पाैडेल

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व. नेता प्रदीप गिरिलाई मुक्तचेताको रूपमा स्मरण गर्नुभएको छ ।

बिहीवार काठमाण्डाैमा भएको १३ दिनको औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताउनुभएको हो । उहाँले गिरि विचारले समाजवादी र व्यवहारले मुक्तचेता रहेको भन्दै स्मरण गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले गिरिलाई नेपाली कांग्रेसको इतिहासमा नै पद र सत्ताको लोभ नगर्ने पहिलो नेताकाे रूपमा सम्झिनुभयाे । पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईमा पनि पद र सत्ताको लुलुप्ता नरहेको तर सत्ताको खेल अलिअलि खेल्नुभएको भन्दै उहाँले भट्टराई भन्दा पनि गिरि सत्ताको खेलमा नलागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदीप गिरि विचित्रको हुनुहुन्थ्यो । विचारले समाजवादी र व्यवहारले मुक्तचेता । उहाँ कुनै बन्धन र सीमामा बाँधिनु भएन । उहाँमा सत्ताको कुनै पनि लोभ रहेन । सत्तालाई त्यत्ति धेरै महत्त्व कृष्णजीले पनि दिनु हुन्नथ्यो । तर पनि उहाँ सत्ताको खेल अलिअलि खेल्नुहुन्थ्यो । तर प्रदीपजीले कहिले पनि खेल्नुभएन ।’

गिरिले आफूलाई लागेको कुरा निर्धक्कसँग जसको सामु पनि राख्ने र उहाँको व्याख्यामा कम्युनिस्टहरू पनि स्तब्ध भएर सुन्ने प्रतिभा रहेको पाैडेलले उल्लेख गर्नुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close