एसईईमा ९ हजार ६३३ जनाले ल्याए ‘ए प्लस’

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।

बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो। सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ‘ए प्लस’ ल्याउने ९ हजार ६३३ जना रहेका छन्।

गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ सय ६० जना परीक्षार्थी सहभागी थिए। देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरुले परीक्षा दिएका थिए।

त्यस्तै, ए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६ सय २७ छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close