नेपाल प्रेस युनियनको नवौं महाअधिवेशन : पर्साबाट तिवारी र पौडेल निर्बिरोध निर्वाचित
वीरगञ्ज ७ साउन । नेपाल प्रेस युनियनको नवौं महाअधिवेशनबाट केन्द्रीय सचिवमा वीरगञ्जका पत्रकार अशोक तिवारी निर्विरोध निर्वाचित भएका छन् ।
हेटौंडामा जारी रहेको युनियनको महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको क्रममा केन्द्रीय सचीवमा तिवारी निर्विरोध निर्वाचित भएका हुन । तिवारी नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष र ए न्युज टेलिभिजनका अध्यक्षसमेत रहेका हुन् ।
त्यसैगरी वीरगञ्जकै महिला पत्रकार निलिमा पौडेल पनि केन्द्रिय सदस्यमा निर्बिरोध निर्वाचित भएकी छिन् । युनियनको केन्द्रीय नेतृत्व चयनका लागि अध्यक्षमा संस्थापनबाट अनिया विन्दु र संस्थापन इतर पक्षबाट शीव लम्सालले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । अन्य नयाँ नेतृत्व चयनका लागि ( आज ) शनिबार मतदान हुने आयोजकले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस