चलचित्र क्षेत्रको समस्याबारे मेयर शाहसँग कलाकारहरुको छलफल

काठमाडौँ महानगरका मेयर बालेन शाहसँग करिब एक दर्जन कलाकारले मंगलबार भेटघाट गरेका छन् । चलचित्र निर्माता तथा निर्देशक अशोक शर्माले सामाजिक सञ्जाल फेसबुक मार्फत भेटबारे जानकारी दिएका हुन् ।

भेटमा स्थानीय निकायमा चलचित्र क्षेत्रको समस्याबारे छलफल भएको शर्माले जनाएको छ । सो क्रममा कलाकारले स्थानीय मनोरञ्जन कर, वडामा कम्पनी दर्ता, व्यवस्थित डिजिटल बोर्डमा चलचित्रको विज्ञापन, नगरका विभिन्न क्षेत्रमा सहज र सहुलियत पूर्ण फिल्म छायाँकन र चलचित्रकर्मी कल्याण कोष लगायतका पाँचवटा माग राखेको समेत शर्माले जानकारी दिए ।

कलाकारको माग प्रति मेयर शाह सकारात्मक रहेको र चाँडैनै यी समस्याहरु समाधान हुने शर्माले आशा व्यक्त गरेका छन् । कलाकर्मीको टोलीमा निर्मल शर्मा, दीपाश्री निरौला, खगेन्द्र लामिछाने, रवीन्द्र खड्का, निश्चल बस्नेत लगायत सहभागी थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close