परराष्ट्रमन्त्री खड्का र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेट

असार २६, २०७९ काठमाण्डाै – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान छाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट गर्नुभएको छ । परराष्ट्रमन्त्री खड्कालाई भेट्न छाओ मन्त्रालय पुग्नुभएको हो ।

भेटमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल हुनुका साथै द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो । यसअघि छाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएकाे थियाे ।

चाओ चार दिने भ्रमणका लागि आज आइतवार बिहान काठमाण्डौ आउनुभएको हो । विदेश विभाग प्रमुख लिउ जियान छाओले राष्ट्रपति विद्यादेवी भण्डारी, अन्य दलका अध्यक्षलगायत नेतासँग भेटवार्ता गर्नुहुनेछ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close