नेपालमा राष्ट्रीय धान दिवस निश्चित क्षेत्रको लागि मात्र हो ,अन्न भण्डार मधेसको लागी होइन
वीरगन्ज, १५ असार । नेपालमा आज धूमधाम संग धान रोपदै दहि चिउरा खादै राष्ट्रीय धान दिवस केही निश्चित क्षेत्रमा आज मनाइन्छ। अन्नको भण्डार मानीने र सब भन्दा बढ़ी धान उत्पादन हुने मधेसका कृषकहरुलाई धान रोपने समयमा कसैले मल पाएका छैनन भने कसैलाई सिचाईको सुबिधा पुग्न सकेको छैन ।
यस्तो अवस्थामा, कसरी र कसले मानाउनु धान दिवस ? देशका राष्ट्रीय मीडियाको क्यामराको लेन्समा पनि बिगत कालमा जस्तै पहाड़को खेतहरुमा पुग्न सफल हुन्छन भने मधेसको खेत तथा किसानहरु सम्म पुग्न असफल हुन्छन। के मधेस नेपाल भित्र पर्दैन ? के मधेसका कृषकहरुलाई धान दिवस मनाउने अधिकार छैन ?
के मधेसका कृषकहरुलाई सरकार द्वारा दीइने मल माथि कुनै अधिकार छैन? यस्ता अनेकौ प्रश्नहरु मनमा आउछन तर कसले सुन्ने मधेसका कृषकहरुको समस्या?
मधेसको सबलता
सन १९६५ ताका देशमै सब भन्दा बढ़ी धान उत्पादन गर्न सक्षम मधेसको कृषि पेशा अहिले उपेक्षामा परेको देखिन्छ । त्यति बेला मधेसमा उत्पादित धान नेपाललाई प्रायप्त हुनुको साथै भारी मात्रामा भारत निर्यात पनि गरिन्थ्यो । सरकारको शोषित नीतिले विश्व मै पांचौ सब भन्दा ठूलो धानको निर्यातकर्ता मधेसमा अहिले भारतबाट नै धान आयात गरेको देखिन्छ । कृषि प्रधान देश नेपाल सन १९६५ मा अधिकांश रूपले कृषिमै निर्भर थियो ।
त्यति बेला मधेसमा उत्पादित धान प्रत्येक बर्ष लगभग ३,४८,००० मेट्रिक टन भारत निर्यात गरी नेपालले बर्षेनी २,३७,७७२,६८५ भारतीय रुपैया आर्जन गर्दथ्यो । यस बाहेक पनि मधेसमा उब्जनी हुने कच्चा जुट तथा तोरी थोरै मात्रामा भएपनि निर्यात गरिन्थ्यो । मधेसद्वारा निर्यात धान तथा अन्य बालीको आय आर्जन ले देशको आर्थिक स्थिति धान्न सक्षम मधेसमा वर्तमान अवस्थामा धान रोपाईको बेला कृषकहरु मल पाउन सकेका छैनन भने पहाड़मा खुशीका साथ दहि चिउरा खादै राष्ट्रीय धान दिवस मनाईदै छ ।
देशको शोषक वर्गको आर्थिक नीति र कृषिनीति के विभेद ले मधेसको कृषि पेशा पूर्वकाल देखि नै उपेक्षित हुदै आएको देखिन्छ ।शौ अशोक कुशवाहा