स्राेत नखुलेकाे झन्डै ४ कराेड रुपैयाँसहित चार जना चिनियाँ र एक नेपाली पक्राउ

काठमाण्डाै – स्रोत नखुलेको झन्डै चार करोड रुपैयाँसहित काठमाण्डौको नागढुङ्गाबाट चार जना चिनियाँ र एक जना नेपाली नागरिक पक्राउ परेका छन्

नुवाकोटबाट काठमाण्डाै आउँदै गरेको बीएबी ५७१० नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको तीन करोड ८९ लाख १३ हजार रुपैयाँसहित पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । पक्राउ परेकाहरूलाई बरामद रकमसहित सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई बुझाइएको काठमाण्डाै जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिनुभयो ।

पक्राउ पर्ने नेपालीमा गाडीका चालक नुवाकोट विदुर नगरपालिका ८ घर भएका वर्ष ४४ का फूलबहादुर गुरुङ रहेका छन् । अरू चार जना चिनियाँ हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close