सरकारले जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य बनाएको गगन थापाको आरोप
काठमाडौ,२३ जेठं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले जबरजस्ती नागरिकलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य गरेको बताउनु भएको छ ।प्रतिनिधि सभा बैठकमा बोल्दै नेता थापाले दण्ड जरिबानाको डर देखाएर नागरिकलाई तर्साउन खोजेको भन्दै टिप्पणी गर्नुभयो ।यातायात व्यवस्था विभागले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा अनिवार्य इम्बोस्ड नम्बर जडान नगरे साउन १ गतेदेखि कारबाही गर्ने सूचना निकालेपछि थापाले यसको विरोध गर्नु भएको हो ।सरकारले गएको कात्तिक २२ मा राजपत्रमा सूचना निकालेर प्रदेशको नामाकरण भएका वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय गरेको थियो । अहिले प्रदेश २ को नामाकरण भइसकेको छ भने अब प्रदेश १ को मात्रै नामाकरण बाँकी छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस